काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयत्न भइरहेको बताउनुभएको छ । कांग्रेस नेता डा. प्रकाशशरण महतको पुस्तक विमोचन कार्यक्रमलाई आज सम्बोधन गर्दै सभापति देउवाले सहमतिमै नेतृत्व चयनका लागि प्रयास भइरहेको बताउनु भएको हो । उहाँले प्रतिस्पर्धामा स्वभाविक रुपमा जितहार हुने भएपनि त्यसलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो…