काठमाडौं, माघ १९ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताउनुभएको छ । उहाँले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समिक्षा गर्दै दिशानिर्देश गर्ने बताउनुभएको हो । जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने शर्माको भनाइ छ । त्यस्तै कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई…