काठमाडौं, माघ १० । नेपाली कांग्रेसको कोइराला समूहका नेताहरूले पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्ष निकालेका छन् । उनीहरुले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीभित्र कुनै छलफल नगरेको र पार्टीमा एकलौटी शासन थालेको भन्दै असन्तुष्टि जनाएका छन् । नेता शेखर कोइरालाले आज आफूनिकट नेताहरूसँग भर्चुअल संवाद गर्नु भएको थियो ।…