काठमाडौं, माघ ११ । गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गर्नु भएको छ । गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दूरुपयोग गर्दा नेपालीले तेस्रो मुलुकमा पीडा भोग्नु परेको बताउनुभयो । उहाँले भिजिट भिसाको दूरुपयोग गर्नेहरुमाथि कडा निगरानी राख्न मातहतका निकायलाई निर्देशन दिनु भयो ।…