नेपालञ्ज । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का डम्बर विकले १० हजार ७ सय ९० प्राप्त गर्दै १ हजार ६ सय ५३ मतको अन्तरले अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले ९ हजार १ सय ३७ मत प्राप्त गर्नुभयो ।
यसैगरी गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा निर्वाचित हुनुभयो । उहाँले १० हजार ३४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी ताजरुन निशाले ८ हजार ९१ मत प्राप्त गर्नुभयो ।
उक्त गाउँपालिकामा यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले जितेको थियो । आठ वटा पालिका रहेको बाँकेमा योसँगै तीनवटा पालिकाको नतिजा आईसकेको छ ।
जसमा कांग्रेसले राप्तीसोनारी र डुडुवा गाँउपालिका गरि २ वटा तथा खजुरा गाँउपालिकामा नेकपा माओबादी केन्द्रले जीत हात पारेका छन् । बाँकी रहेको पाँचवटा पालिका मध्ये चारवटामा नेपाली कांग्रेस र एउटामा जसपाले अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्