२१ वर्षीय युवक गाउँपालिका अध्यक्ष निर्वाचित « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


२१ वर्षीय युवक गाउँपालिका अध्यक्ष निर्वाचित


1.183k
Shares

काठमाडौं । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्टकुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १ सय ८ मत अन्तरले पराजित गरेका हुन् ।

बशिष्ट कुमारले ३ हजार ७ सय १९ मत ल्याए भने अजयकुमारले ३ हजार ६ सय ५ मत ल्याउनुभयो ।

उपाध्यक्षमा भने नेपाली कांग्रसकी राजमति बरैनी निर्वाचित हुनुभयो । उहाँले ३ हजार ९ सय ६१ मत ल्याउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो हुनुभयो । ५ वटा वडा रहेको कालिकामाई गाउँपालिकामा जसपा ३, कांग्रेस र एमाले १/१ वडामा जित निकाल्न सफल भएका छन् ।