काठमाडौं । मधेश प्रदेशको प्रदेशसभाको बुधबारका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी दिनुभएको हो । योसँगै प्रदेश सभाको बैठक चौथो पटक स्थगन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।…