रौतहटकाे यमुनामाईमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोसपा विजयी « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


रौतहटकाे यमुनामाईमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोसपा विजयी


169
Shares

रौतहट । रौतहटमा पहिलो पल्ट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले खाता खोलेको छ ।

रौतहटको यमुनामाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष पदका उम्मेदवार महम्मद साउद २ हजार ८ सय २९ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार भगत नारायण राय यादवले १ हजार ९ सय ९४ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ।

साेही गाउँपालिकाकाे उपाध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टीकै उम्मेदवार अनुराधा कुमारी २ हजार ५ सय ३ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ। उहाँका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पदकी उम्मेदवार सीमा कुमारी पटेल १ हजार ९ सय ७१ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे।

त्यस्तै, साेही गाउँपालिकाकाे वडानम्बर १ को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नन्दलाल राय यादव विजयी हुनुभएकाे छ। त्यस्तै, वडानम्बर २ काे अध्यक्ष पदमा भने नेपाली कांग्रेसका सिताराम यादव विजयी हुनुभएकाे छ। त्यस्तै, वडानम्बर ३ काे अध्यक्ष पदमा नेकपा एकीकृत समाजवादी पार्टीका शेष समीर आलम विजयी हुनुभएकाे छ। वडानम्बर ४ काे अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका असबनी राय विजयी हुनुभएकाे छ ।

त्यस्तै, वडानम्बर ५ काे अध्यक्ष पदमा भने नेकपा एमालेका सिबेन्द्र कुमार साह विजयी हुनुभएको छ।