काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । केन्द्रीय समितिको बैठक सुरु हुनुअघिदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा नाराबाजीसहित प्रदर्शन भएको हो । गत बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गर्नुभएको थियो ।…