वीरगञ्ज महानगरको मेयरमा जसपाका राजेशमान र उपमेयरमा कांग्रेसका इम्तियाज विजयी « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


वीरगञ्ज महानगरको मेयरमा जसपाका राजेशमान र उपमेयरमा कांग्रेसका इम्तियाज विजयी


169
Shares

काठमाडाैं । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंह २२ हजार बढी मतान्तरसहित विजयी हुनुभएकाे छ ।

गठबन्धनबाट मेयरका उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंह ४६ हजार २ सय १५ मत प्राप्त गरेर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले २३ हजार ६ सय ७१ मत प्राप्त गरेर पराजित हुनुभएको छ। साथै राप्रपाका मेयरका उम्मेदवार गिरिश गिरीले ३ हजार ३ सय१३ मत प्राप्त गर्नुभएकाे छ।

साेही महानगरपालिकाको उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलमले ३० हजार ७८ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ। उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपमेयरका उम्मेदवार पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ ।

आलमले झालाई २० हजार ५ सय १० मतले पराजित गर्नुभएकाे हाे।