काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताउनुभएको छ । ‘एमसीसीको विपक्षमा धेरै मानिसहरू उभिइरहेका छन्, हाम्रो अस्तित्व नै डामाडोल हुन्छ, अमेरिकी सेना यहाँ आउँछन् जस्ता धेरै कुराहरू बाहिर आएका छन्’ उहाँले भन्नुभयो, ‘९ वटा मुलुकमा एमसीसी अहिले पनि चलिरहेको छ र त्यहाँ कोही सेनाहरू परिचालन भएका छैनन्,…