काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आज शुक्रबारदेखि मतदाता नामावलीमा दावी विरोध आह्वान गरेकोछ । देशका ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा शुक्रबारदेखि ७ दिनसम्म दावी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले तोकेका अधिकारीहरुले ती उजरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम हटाउन सक्नेछन् । निर्वाचन आयोगका प्रवक्ता…