काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्काउटको मेधावी पदकबाट विभूषित गरिएको छ । काठमाडौंमा बिहीबार नेपाल स्काउटले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष ओलीलाई पदकबाट विभूषित गर्नुभएको हो । विश्व स्काउटका पदाधिकारीहरू उपस्थित कार्यक्रममा स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै ओलीलाई ‘मेधावी योगदान’ले सुशोभित गरिएको थियो । प्रत्येक…