काठमाडौं । नेकपा(एमाले) का सांसद भानुभक्त ढकालले अर्थमन्त्री जनार्दन शर्मा विचौलियाको चंगुलमा परेर करको दर परिवर्तन गरी राष्ट्रघात गरेको बताउनुभयो । बिहीबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको सम्बन्धमा अर्थ मन्त्रालयको जवाफ दिन अर्थमन्त्री शर्मालाई कार्यसूचीमा राखेकोप्रति आपत्ति जनाउँदै सांसद ढकालले शर्मालाई अर्थमन्त्रीको रुपमा स्वीकार गर्न नसकिने बताउनुभएको हो । ढकालले अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले अर्थमन्त्रीको…