२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


समाजवादी शिक्षामा अध्यक्ष दाहालको जोड


104
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहालले शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताउनुभएको छ ।

आज महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादको निर्माण नै शिक्षा भएको बताउनुभयो । समाजवाद यात्राको चेतना नै शिक्षा भएकाले सोही अनुसारको शिक्षा जरुरी हुने अध्यक्ष दाहालले बताउनुभयो । अध्यक्ष दाहालले सम्मृद्धिको प्रमुख आधार नै शिक्षा भएको बताउनुभयो ।

हाम्रो जस्तो देशमा कस्तो शिक्षा नीति अवलम्बन गरिन्छ भन्ने कुराले विशेष महत्व राख्ने अध्यक्ष दाहालको भनाइ छ । उहाँले २०७४ को निर्वाचनमा आफूहरुले शिक्षालाई उच्च महत्व दिने र २० प्रतिशत लगानी गर्नुपर्ने भनेर प्रतिवद्धतासहित घोषणापत्र बनाएपनि त्यो व्यवहारमा हुन नसकेको दावी गर्नुभयो ।

शिक्षा क्षेत्रलाई सुधारेर उत्पादनमुखी बनाउन सकेमात्र समाजवादमा पुग्न सकिने दाहालको भनाइ छ ।