काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उदेश्य स्पष्ट हुनुपर्ने बताएका छन् । बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनीहरूले नेपाल कुनै पनि सैनिक गठबन्धनमा जाने कुरा स्वीकार्य हुन नसक्ने बताएका हुन् । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कडेलले एसपीपी सम्झौतामार्फत् अमेरिकी सेनाको रणनीतिक उद्देश्य हो भने अघि बढाउन नहुने…