बागमती कांग्रेसद्वारा निर्वाचनको लागि सिफारिस भएका उम्मेद्‌वारको सूचीमाथी छलफल सुरु « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


बागमती कांग्रेसद्वारा निर्वाचनको लागि सिफारिस भएका उम्मेद्‌वारको सूचीमाथी छलफल सुरु


546
Shares

 काठमाडौं ।  नेपाली कांग्रेस बाग्मती प्रदेश समितिले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सिफारिस भएर आएका उम्मेद्‌वारको सूचीमाथी छलफल सुरु गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आईतबार बसेको प्रदेश समिति बैठकले आसन्न निर्वाचनको लागि तल्ला समितिले सिफारिस गरेका उम्मेद्वारको नामावलीमाथि प्रदेश समितिमा छलफल सुरु गरेको हो । बैठकमा मातहतका निकायबाट प्राप्त उम्मेद्‌वारको सूची, गठबन्धन, चुनाव लक्षित रणनीति लगायतका विषयमा छलफल भएको छ ।

क्षेत्रीय समितिबाट प्राप्त नामावलीमा छुट्न गएका आकांक्षीको सम्बन्धमा प्रदेश समितिले निर्णय गरेर माथिल्लो निकायमा पठाउनुपर्ने राय बैठकमा सहभागीको छ । बैठकमा आसन्न निर्वाचनमा गठबन्धनमा आवद्ध दलबीचको तालमेलका सम्बन्धमा पनि छलफल भएको छ ।

नेपाली कांग्रेस केन्द्रिय समितिले आसन्न निर्वाचनको लागि भदौ २० गतेभित्र उम्मेद्‌वारको सिफारिस गरिसक्न मातहतका निकायलाई निर्देशन दिएको छ ।