संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई अधिकार दिन चाहेनः डोरमणी पौडेल « Imagekhabar – Online News Portal of Nepal
२१ आश्विन २०७९, शुक्रबार | Fri Oct 7 2022


संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई अधिकार दिन चाहेनः डोरमणी पौडेल


312
Shares

काठमाडाैं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

प्रदेश राजधानी हेटौँडामा सोमबार भएको संघीयता सबलिकरण सम्बन्धी छलफलमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारबाही प्रभावकारी बन्न नसक्ने बताउनुभएको हो । संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको गुनासो गर्नुभयो ।

उहाँले संघीय सरकारले नै प्रदेश र स्थानीय सरकारलाई सबल बनाउन नचाहिरहेको दावी गर्नुभयो । उहाँले संघीयता प्रणाली आफैँमा नकारात्मक नभएको तर केही बुद्धिजीवीले नकारात्मक प्रचार गर्ने काम भएको आरोप लगाउनुभयो ।

उहाँले संघीयता बलियो बनाउन के कस्ता बाधाहरु छन् भन्ने बारेमा मात्रै छलफल चलेको बताउनुभयो। पूर्वमुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकास निर्माणको काममा अहिलेसम्म नभएका काम गरेको ठोकुवा गर्नुभयो ।