२४ मंसिर २०८०, आइतबार | Sun Dec 10 2023


संविधानमा तीन तहको सरकारको अधिकार क्षेत्रको सम्बन्धमा स्पष्टता भएन : मन्त्री श्रेष्ठ


182
Shares

काठमाडौं ।  वागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले संविधानमा तीन तहको सरकारको अधिकार क्षेत्रको सम्बन्धमा अस्पष्टता रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सोमबार हेटौँडामा आयोजना गरेको संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले संघीय सरकारले प्रदेश सरकारलाई दिने अधिकार तथा संविधानले प्रदेश सरकारलाई दिएको अधिकार आदिको बारेमा संविधानमै अस्पष्टता भएकाले संघीय शासन प्रणालीमा अप्ठ्यारो पारेको बताउनु भयो । उहाँले संविधान र ऐनले तोकेको अधिकार पनि संघ सरकारले प्रदेश सरकारलाई नदिनु संघीयता कार्यान्वयनको समस्याको रुपमा रहेको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले बनाएको ऐन स्थानीय सरकारले नमानीकन आफैं ऐन बनाइरहेको भन्दै उहाँले तीनै तहको सरकारका बीचमा सहमती हुन नसकेमा संघीय शासन प्रणालीमा समस्या पर्ने उहाँले बताउनु भयो ।