काठमाडौं । नेकपा (एमाले)का सांसद नारायण खतिवडाले प्रदेश प्रहरीको संशोधित ऐनले प्रदेश प्रहरीलाई सक्षम बनाउन नसक्ने बताउनुभएको छ । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश प्रहरीको अधिकारको बारेमा ऐन जारी गरिरहँदा प्रदेश प्रहरीकै अधिकार खोसिएको जस्तो स्थिति देखिएको बताउनुभयो । सांसद खतिवडाले सानो गाउँबस्तीमा र…