काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायकोविरुद्धमा परेका उजुरीको सन्दर्भमा सुनुवाइ गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित द्वय राजदूतविरुद्ध उजुरी परेकोले स्पष्टिकरण सोधिएको…