काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सरकार र पार्टी सञ्चालनको कार्यशैलीप्रति तीव्र आलोचना भएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकका वक्ताहरूले पनि सरकारले जनपक्षीय काम गर्न नसकेको र पार्टीसभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै आलोचना गरेका छन् । बैठकमा संस्थापनइतर समूहका पदाधिकारी र सदस्यहरूले नेतृत्वको चर्को आलोचना गरेका छन्…