स्याङ्जा । नेकपा (एमाले) ले स्याङ्जामा प्रदेश र प्रतिनिधि सभातर्फका सबै उम्मेदवार टुंगो लगाएको छ ।
आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि एमाले स्याङ्जाले आफ्नो उम्मेदवारहरूको टुंगो लगाएको हो ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नारायण प्रसाद मरासिनीले टिकट पाएका छन् छ । प्रदेश तर्फ १ (क) मा मीन प्रसाद गुरुङ र १ (ख) मा सुधिर कुमार पौडेल उम्मेदवार बनेका छन् ।
यस्तै स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पदमा कुमारी अर्यालले टिकट प्राप्त गर्नुभएकाे छ । प्रदेशतर्फ २ (क) मा मोहन रेग्मी र २ (ख) मा बुद्धिमान श्रेष्ठले टिकट पाएका छन् ।
स्याङ्जा एमाले प्रतिनिधि सभा निर्वाचन समन्वय कमिटि र प्रदेश सभा निर्वाचन समन्वय कमिटिबाट सिफारिस हुँदै जिल्ला कमिटि, प्रदेश कमिटिबाट केन्द्रीय कमिटिमा पुगेपछि उम्मेदवारहरुको अन्तिम टुंगो लागेपछि नाम सार्वजनिक गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्