सिन्धुलीमा एमाले उम्मेदवारहरुको टुंगो लाग्यो « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


सिन्धुलीमा एमाले उम्मेदवारहरुको टुंगो लाग्यो


1.677k
Shares

सिन्धुली । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि नेकपा (एमाले) सिन्धुलीले आफ्नो उम्मेदवारहरूको टुंगो लगाएको छ ।

सिन्धुली एमालेको प्रतिनिधि सभा निर्वाचन समन्वय कमिटि र प्रदेश सभा निर्वाचन समन्वय कमिटिबाट सिफारिस हुँदै जिल्ला कमिटि, प्रदेश कमिटिबाट केन्द्रीय कमिटिमा पुगेपछि उम्मेदवारहरुको अन्तिम टुंगो लागेपछि नाम सार्वजनिक गरिएको हो ।

दुई प्रतिनिधि सभा र चार प्रदेशसभा रहेको सिन्धुलीको प्रतिनिधि सभा क्षेत्र नं १ मा प्रदीप कुमार कटुवाल, प्रदेश सभा १ मा सुवास देवकोटा र २ मा कुमार बहादुर कार्कीलाई उम्मेद्वार बनाईएको छ ।

यसैगरी, क्षेत्र नं २ मा मनोजजंग थापालाई उम्मेदवार बनाईएको छ भने क्षेत्र नं २ को १ नं प्रदेश सभामा विनोद कुमार खडका र २ मा रामकुमार पौडेललाई उम्मेद्वार बनाईएको छ ।