काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनका बारेमा छलफल भएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रीय सदस्यहरूले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । डा. महतले पार्टीलाई सुदृढ बनाउँदै जाने बारेमा पनि छलफल भएको बताउनुभयो । उहाँले…