राजपुर नगरपालिकामा अफताब आलमका छोरा निर्वाचित « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


राजपुर नगरपालिकामा अफताब आलमका छोरा निर्वाचित


5.616k
Shares

रौतहट । रौतहटको राजपुर नगरपालिकामा नेपाली कांग्रेसका पूर्वमन्त्री मोहम्मद अफताब आलमका छाेरा राजिक आलम मेयर निर्वाचित हुनुभएकाे छ ।

आलमले ६ हजार ३ सय ३५ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका मोहम्मद जैद आलमले ३ हजार ७ सय ५१ मत मात्र पाउनुभएकाे थियाे ।

यस्तै, उपमेयरमा कांग्रेसकै जमिला असगरीले ६ हजार २ सय ६८ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ । उहाँका निकटतम् प्रतिस्पर्धी जसपाकी चिन्ताकुमारी कलवारले ३ हजार ६ सय २९ मत मात्र ल्याउनुभएकाे छ ।

याेसँगै रौतहटमा नेपाली कांग्रेसले ३, एकीकृत समाजवादीले २ तथा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले १-१ पालिकामा मेयर र उपमेयरमा विजयी भएका छन् ।

अझै १० पालिकाको मतपरिणाम भने सार्वजनिक हुन बाँकी छ ।