काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारीबोधको रुपमा लिएको प्रतिक्रिया दिनुभयो । आफूले निर्वाचनको बेला काठमाडौं महानगरलाई स्वच्छ, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरी बनाउने भनेको अभियान आजैबाट सुरु भएको बताउँदै उहाँले…