बागमती प्रदेशको बजेट अधिवेशन आजदेखि « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


बागमती प्रदेशको बजेट अधिवेशन आजदेखि


91
Shares

काठमाडौं । बागमती प्रदेशको बजेट अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक अहिले बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार बसेको कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ १६ गते सोमबार प्रस्तुत हुने निर्णय गरेको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सोमबार नै मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने तथा जेठ १७ गते त्यसमाथि छलफल हुने कार्यसूची तय भएको बताइएको छ । जेठ १८ गते छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने सचिवालयले जनाएको छ ।