काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहसँग भेट गर्नुभएको छ । बुधबार मेयर साहले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटे गर्नुभएको हो । प्रधानमन्त्री देउवाले काठमाडौं महानगरपालिकाले गर्ने काममा साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिनुभयो ।