त्रिबि उपकुलपतिको कार्यालयमा लगाइएको ताला फोडियो (विज्ञप्तिसहित) « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


त्रिबि उपकुलपतिको कार्यालयमा लगाइएको ताला फोडियो (विज्ञप्तिसहित)


520
Shares

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलकपतिको कार्यालयमा लगाइएको ताला नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले खोलेको छ ।

बिगत लामो समयदेखि बिभिन्न माग राख्दै नेपाल विद्यार्थी संघले उपकुलपतिको कार्यालयमा ताला लगाएको थियो ।

क्रान्तिकारीले मध्यकेन्द्रीय कमाण्डका नाममा विज्ञप्ति जारी गर्दै चार महिना भन्दा बढी समयदेखि ताला लगाएर विश्वबिद्यालयलाई अनिर्णयको बन्दी बनाएको भन्दै ताला खोल्नु पर्ने पक्षमा पुगेको जनाएको छ । उसले समस्याको समाधान वार्ता र छलफलबाट निकाल्नु पर्नेमा जोड दिएको छ ।