काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । ब्राण्डवर्थ प्रालिले शुक्रबार काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारले डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको बताउनुभयो । जारी कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज मानेर नीति निर्माणमा समट्ने प्रतिबद्धता…