काठमाडौं । मोटरसाइकलको ठक्करबाट घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको उपचारको क्रममा निधन भएको छ । उनको आइतबार बिहान काठमाडौंको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको सपिङ कम्प्लेक्स अगाडीको सडक छेउमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको…