काठमाडौं । नेकपा (एमाले)का सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताउनुभएको छ । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले अध्यगमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने बताउनुभयो । सांसद रावलले अध्यगमनको बारेमा हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक…