सरकार कमिसनको चक्करमा लाग्दा रासायनिक मल आएन : सांसद श्रेष्ठ « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


सरकार कमिसनको चक्करमा लाग्दा रासायनिक मल आएन : सांसद श्रेष्ठ


117
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताउनुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको बताउनुभएको हो ।

मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उहाँले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताउनुभयो ।

मन्त्रीहरू मल लिनका लागि भनेर विदेश गए पनि त्यहाँ गएर भूमाफियाहरूको कमिसनमा डुबेर आउने गरेको र मल छिट्टै आउँछ भनेर जनतालाई ढाँट्ने गरिएको उहाँले बताउनुभयो ।

‘कमिसनको चक्करमा सरकार फसेको छ, नेपालमा धान उत्पादनको निम्ति मल, बीउ समयमै ल्याएपछि त नेपाली जनताको उत्पादन वृद्धि हुन्छ र नेपाली जनता आफैँमा आत्मनिर्भर हुन्छन्,’ उहाँले भन्नुभयो ।

श्रेष्ठले वर्तमान सरकार देश र जनताप्रति बफादार नभएको भन्दै सरकार रहुञ्जेल देशलाई बर्बादीमा पु¥याउने बताउनुभयो । सरकारको छिटोभन्दा छिटो बहिर्गमनको आवश्यकता रहेको उहाँले बताउनुभयो ।