Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


कैलाली-३ बाट नागरिक उन्मुक्ति पार्टीले खोल्यो खाता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । उक्त क्षेत्रबाट पार्टीका गंगाराम चौधरीले जित हात पार्दै प्रतिनिधिसभा सदस्यमा खाता खोल्नु भएकाे हाे । उहाँले २३ हजार १२० मतसहित विजयी हुनुभएकाे हाे । नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित हुनुभएकाे छ ।