चितवन । क्याम्पस प्रमुखमा मिलन सुवेदीलाई पुनः नियुक्ति गरेको विरोधमा रामपुर क्याम्पसका नेपाल विद्यार्थी संघ, क्याम्पस इकाई समितिका विद्यार्थीले रिले अनसन सुरु गरेका छन् । उपकुलपतिको कार्यालय र कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत डीनको कार्यालयले विद्यार्थीको मागलाई बेवास्ता गर्दै अस्थायी क्याम्पस प्रमुखमा सुवेदीलाई नियुक्ति गरिएकोप्रति आपत्ति जनाउँदै शुक्रबारबाट रिले अनसन थालेका हुन् ।…