काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै स्थानीय तहमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुकै आधारमा रहेर पार्टी आगामी संघ र प्रदेशको निर्वाचनमा प्रतिष्पर्धा गर्न लागेको बताउनुभयो । मंगलबार ललितपुरमा भएको स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिहरुको जनअभिमुखी कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री थापाले केही दलका नेताहरुले वि.सं २०७४ सालको निर्वाचनतिर फर्काउन लागेको आरोप लगाउनुभयो…