काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लाग्नु भएको हो । दिउँसो १ बजे बस्ने प्रदेशसभा…