२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्गियो, मंगलबार १ बजे मन्त्रीहरूको शपथ


2.327k
Shares

काठमाडौं । सात दलीय गठबन्धन दलले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको हाे ।

बैठकमा सहभागी एक मन्त्रीले सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्गिएकाेले भाेलि १ बजे मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम रहेकाे बताए ।

ती मन्त्रीका अनुसार कुन-कुन मन्त्रालयले कुन दलले लिने विषयमा दहहरूबीच सहमति भएकाे छ ।

मंगलबार नै मन्त्रीहरुको नामसहित भागबण्डाको विवरण सार्वजनिक गरिने तयारी रहेकाे छ ।