काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार केशवबहादुर थापाले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अन्यत्रै सार्ने कामको अगुवाई गरेको गम्भीर आरोप लगाउनुभएको छ। सोही क्षेत्रमा थापा र पौडेलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । चुनावी प्रचार अभियानलाई तीव्रता दिनुभएका थापाले आज मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै पौडेलकै…