काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीयताविरुद्व षड्यन्त्र भइरहेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको आज उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले सङ्घीयता खर्चिलो, महँगो र भड्किलो भयो भन्ने आवाज सुनिनु दुःखद् भएको बताउनुभयो । कतिपय बेला सडक, सदन र कतिपय समयमा महत्वपूर्ण मानिएका व्यक्तिबाट पनि त्यस्ता भावना उद्धृत…