Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गरेकोमा धन्यवाद व्यक्त

काठमाडाैं । आठ दलका तर्फबाट गठित राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजन समितिले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गर्ने मतदाता, सुरक्षाकर्मी र सञ्चारमाध्यमलाई धन्यवाद दिएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको अन्तिम बैठकले राष्ट्रपति निर्वाचनको समीक्षासहित निर्वाचन आयोगलगायत सबैलाई धन्यवाद दिने निर्णय गरिएको बैठकपछि समितिका संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो…