एमालेलाई सघाएपछि गण्डकीका ऊर्जामन्त्री आचार्यकाे पद धरापमा! « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Fri Dec 9 2022


एमालेलाई सघाएपछि गण्डकीका ऊर्जामन्त्री आचार्यकाे पद धरापमा!


1.456k
Shares

काठमाडाैं । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई सघाएको आरोप लगाउँदै गण्डकी प्रदेश सरकारका ऊर्जा, सिंचाइ मन्त्री हरिशरण आचार्यलाई मन्त्रीबाट हटाउने तयारी गरिएको छ । आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गर्ने तयारी गरेका हुन् ।

आचार्यलाई मुख्यमन्त्री पोखरेलले आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै बर्खास्त गर्न लागेको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार आचार्यले पछिल्लो समय एमाले उम्मेदवारलाई मत माग्दै हिँडेका आरोप छ ।

आचार्य गत निर्वाचनमा गोरखाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए ।