काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्तावको कार्यान्वयनको अनुगमन गर्न उपसमिति गठन गरेको छ । गत बुधवार बसेको राष्ट्रिय सभाको बैठकले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रश्ताव सर्वसम्मत रुपमा पारित गरेको थियो ।…