Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सक्थें : माधव नेपाल


2.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव आए पनि नबनेको बताउनु भएकाे छ । अध्यक्ष नेपालले पार्टीनिकट भूपू सैनिकको कार्यक्रममा बोल्दै यस्तो बताउनु भएकाे हाे ।

अध्यक्ष नेपालले भन्नुभयाे ,‘चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सकिन्थ्यो। तर के हुन्थ्यो थाहा छ?यो एकीकृत समाजवादी, माधव नेपाल धोकेबाज। कांग्रेसलाई धोका दियो, माओवादीलाई धोका दियो। राष्ट्रपति बन्न भूमिका खेल्यो भन्थे।’

अध्यक्ष नेपालले आफूले चाहेको भए राजनीतिक कोर्स परिवर्तन गरेर भएपनि राष्ट्रपति हुनसक्ने तर अस्वीकार गरेको बताउनु भयाे।