१४ जेष्ठ २०८०, आइतबार | Sun May 28 2023


बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो


416
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गर्नुभएकाे हाे ।

थपलियाले एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने बताउनु भयाे।

साथै थपलियाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसमेत नदिने प्रस्ट पार्नुभयाे ।

गत पुस २५ गते माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वमा प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो ।