काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार बिहान बालकोटमा बसेको एमाले शीर्ष नेताहरूको बैठकले झापा २ बाट निर्वाचित सांसद घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो…