काठमाडौं । नेकपा एमालेका रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुखमा निर्वाचित हुनु भएको छ । मंगलबार प्रदेश सभामा भएको सभामुखको निर्वाचनमा मण्डल ७४ मत पाएर निर्वाचित हुनु भएको हो । सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र ४…