Logo ७ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026


उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा जरुरी छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताउनुभएको छ । उहाँले शुक्रबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उपनिर्वाचनमा हार ब्यहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ ।’ पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने…