काठमाडौं । सोनाम ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक नेपाली समाजका पर्वहरु आपसी सद्भावका लागि महत्वपूर्ण भएको बताउनु भएको छ…